LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरू फेर्ने तयारी गरेको छ ।

नेपाली काङ्ग्रेस मधेस प्रदेशको संसदीय दलको आज बस्ने बैठकले प्रदेश सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय लिने बताइएको छ । साथै बैठकबाट सरकारमा नयाँ मन्त्री पठाउने निर्णय गर्ने काङ्ग्रेसका एक प्रदेश सांसदले जानकारी दिए ।

हाल मधेस प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भूमि व्यवस्था तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, खानेपानी तथा सरसफाइ मन्त्री शेषनारायण यादव, श्रम तथा यातायात मन्त्री कौशल किशोर यादव र अर्थमन्त्री सुनिल कुमार यादव रहेका छन् ।
चालू आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा बिचौलियाको प्रभाव परेको भन्दै प्रमुख प्रतिपक्षी दल जसपा नेपालसहित अन्य दलहरूले लामो समयदेखि प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएका छन् । उनीहरूले अर्थमन्त्री रहेका सुनिल कुमार यादवको राजीनामा माग गर्दै बजेट बहिष्कारसमेत गरेका थिए ।

अर्थमन्त्री यादवकै कारण पार्टीको छवि बिग्रिएको भन्दै कांग्रेसभित्र पनि उनको राजीनामाको माग उठ्दै आएको छ । यस्तो अवस्थामा एक जना मात्र मन्त्री हटाउँदा गलत सन्देश जाने भएकाले चारै मन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको ती सांसदले दाबी गरे ।

सम्बन्धित खबर