LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जेन-जी आन्दोलनकारीहरुले आज मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय, प्रदेश सभा भवन तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आगजनी गरेका छन्। साथै, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, एमाले नेता रघुवीर महासेठ, कांग्रेसका प्रतिनिधि सभा सदस्य रामकृष्ण यादव र जसपाका प्रदेश सांसद रामाअशिष यादवको घरमा समेत आगजनी गरिएको छ।
आन्दोलनकारीहरुले शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, साथै जनकपुरस्थित कांग्रेस र एमालेका पार्टी कार्यालयमा पनि आगजनी गरेका छन्।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दिउँसो ३ बजेदेखि कर्फ्यु आदेश जारी गरे पनि त्यसको पालना भएको छैन। प्रहरीलाई चोकचोकबाट हटाइएको छ भने उनीहरु आन्दोलनकारीलाई हात जोडेर शान्त रहन आग्रह गरिरहेका छन्।
आजै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् ।

सम्बन्धित खबर