LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् ।
मुलुकभरि जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान गएको घटनाप्रति दुःख प्रकट गर्दै मुख्यमन्त्री सिंहले मंगलवार सार्वजनिक सञ्जाल मार्फत राजीनामा दिएको घोषणा गरेका छन् ।
जेन जीको आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाले आफूलाई गहिरो पीडा भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने, ‘नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।’

राजीनामा वक्तव्यमा उनले दिवंगत आत्माहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक अधिकार भएको भन्दै समस्या समाधानको बाटो संवाद, आपसी समझदारी र सहकार्य नै हुनेमा विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर