LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम ।महोत्तरीको औरही नगरपालिकामा एक बालिकाको मोटरसाईकलको ठक्करबाट मृत्य भएको छ । औरही नगरपालिकाका–४ कटुधारमा मोटरसाइकलको ठक्करबाट स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए।

नम्बर नखुलेको मोटरसाइकलले साइकलमा सवार शिवानी यादव र स्थानीय सन्ध्या यादवलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा शिवानी गम्भीर घाइते भइ उपचारका लागि जानकी एकेडमिक अस्पताल, महोत्तरी पु¥याइएकी थिइन्। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए । भट्टका अनुसार कालो ज्याकेट लगाएका व्यक्ति सवार मोटरसाइकलले ठक्कर दिएर फरार भएका हुन्। हाल मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दोषीको पहिचान र कारबाहीको माग गर्दै स्थानीयले हुलाकी राजमार्गको कटुधार खण्ड अवरुद्ध गरेका थिए। पछि इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार, औरही नगरपालिकाका पुर्व नगरप्रमुख सुनिल कुमार यादव र स्थानीयबीच भएको वार्तापछि सडक खुलाइएको हो।
एक महिनाभित्र दोषी पत्ता लगाई कानुनी कारबाही अघि बढाउने र सडक क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गर्ने सहमति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर