LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । व्यापारीलाई हातपात गर्ने प्रहरीलाई कारर्वाहीको माग गर्दै जनकपुरधाम उद्योग बाणिज्य संघले आन्दोलित भएको छ ।

धनतेसको दिन ३१ असोजमा जनकपुरधामको सोनारपट्टीमा एक सुनचाँदी पसलमा छापामारी गर्ने क्रममा व्यापारी र प्रहरी बीच झडप भएको थियो । झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाईते भएका थिए । चार्ड पर्वका कारण तत्कालिन समयमा व्यापारीहरुले आन्दोलन स्थगित गरेका थिए । तर चाडपर्व सम्पन्न भएलगतै संघले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै पुन आन्दोलनको घोषणा गरेको छ ।

संघको पुर्व घोषित कार्यक्रम अनुसार स्थानीय व्यापारीहरुले आज आ–आफ्ना व्यापारीक प्रतिष्ठान अगाडी कालो झण्डा झुण्डयाउने र हातमा कालो कालो पट्टी लगाएर व्यापार गरेको छ । संघका महासचिव फुलदेव पण्डितका अनुसार पहिलो चरणमा १७ कार्तिक कालो झण्डा झुण्डयाउने र कालो पट्टी लगाउने निर्णय भएको छ । त्यसले पनि दोषि प्रहरीलाई कारर्वाही नगरि १८ गते पसल बन्द गरि पत्रकार सम्मेलन गरि थप आन्दोलनको कार्यक्रम घोषणा हुने उनले बताए ।

संघले जिल्ला प्रहरी कार्यालय धनुषका नायव प्रहरी उपरिक्षक गणेश बहादुर बम र घुमुवा मनोज कुमार यादव सहितका लागि कारवाहिको मांग गर्दै केहि दिन अघि जिल्ला प्रशासन कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । प्रहरीले भने बिना बिजकको सात किलो चाँदी राखेको सुचना पाएपछि आफुहरुले छापामारी गरि समान नियन्त्रणमा लिएको दावि गर्दै आएको छ ।

सम्बन्धित खबर