LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले २२ कात्तिकमा विश्वासको मत लिने भएका छन ।

यस अघि नै २२ गते विश्वासको मत लिने जनाइ सकेका मुख्यमन्त्री सोनलले बुधवार प्रदेश सभा सचिवालयमा विश्वासको मत सम्बन्धि पत्र दर्ता गराएका छन ।
सत्ता गठबन्धन दल लोकतान्त्रि समाजवादी पार्टीका संसदीय दलका नेता जयनुल राईन, जनमत पार्टीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री महेश प्रसाद यादवसहितका बुधवार प्रदेशसभा सचिवालय पुगेर पत्र दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टी (१९) , जनमत (१३), नेकपा माओवादी (९), लोसपा (८), नेकपा एस (७), संघीय समाजवादी पार्टी (१) र नागरिक उन्मुक्ति पार्टी (१) गरि जम्मा ५८ जना प्रदेशसभा सदस्यले विश्वासको मतदिने मुख्यमन्त्री सोनलले दावी गरेका छ्न । पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनललाई पछिल्लो समयमा नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी समेतले समर्थन जनाएको छ ।

५८ जनाको समर्थन रहेपनि जसपाको एकजना प्रदेशसभा सदसय निलम्बनमा रहेकाले ५७ जना सदस्यको मत पर्ने निश्चित रहेको स्रोतको दावी छ ।
२९ असोजमा मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री सोनल ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रावधान अनुरुप २२ गते विश्वासको मत लिन लागेका हुन ।

सम्बन्धित खबर