LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकका प्रमुख पार्टी नेपाली काँग्रेसभित्र भएका घटना परिघटनालाई सरकारले गम्भिरतापुर्वक लिएका बताएका छन् ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन जनकपुरधाम आएका गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरु कुराकानीमा भने,‘ काँग्रेस भित्र घटेका घटना परिघटनालाई सरकारले गम्भितामा लिएको छ । यसले चुनावमा के असर गर्छन ? विषयमा हामी बुझदै छौ । त्यसकारण तत्काल यो विषयमा थप केहि भन्ने अवस्था छैन । तर पनि निर्माण प्रक्रियामा सरकार लागेको छ । समान्नीय राष्ट्रपति ज्युले दिएको माईडेड अनुसार २१ फागुन चुनाव गराउन सरकार प्रतिवद्ध छ ।’ चुनाव संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले भने,‘ यसमा नागरिक समाज, राजनीतिक दल सबैले सहयोग आवश्यक छ ।’

केहि वर्षयता तराई मधेशका देखिएका धार्मिक सद्भावमा खल्ल पुर्याउने कार्यमा कानुन अनुसार कारर्वाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो ।यस अघि सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सुरक्षा निकायमा आबद्ध सबै निकायको साझा दायित्व भएको बताएका छन् ।

गृहमन्त्री अर्यालले निष्पक्ष निर्वाचनका लागि सुरक्षा निकायका सबै अङ्गले आ–आफ्नो कार्यक्षेत्रमा उच्च जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, यसमा कुनै पनि किसिमको लापरवाही स्वीकार्य हुँदैन,’ उनले भने, ‘सुरक्षा व्यवस्थापनमा कमजोरी देखिन नदिन सबै निकाय गम्भीर र सतर्क हुनुपर्छ ।’

उनले निर्वाचन सफल बनाउन सुरक्षा निकाय मात्र नभई राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरूको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे ।
समाजमा द्वन्द्व र अविश्वास फैलाउने गतिविधि लोकतन्त्रका लागि घातक हुने भन्दै गृहमन्त्री अर्यालले सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरे । प्रचलित कानुनविपरीत गतिविधि गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याइने चेतावनी दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोगप्रति विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याए ।

गृहमन्त्री अर्यालले जेनजी पुस्ताको चाहना र अपेक्षाअनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सुशासन कायम गर्नु र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख कार्यादेश भएको बताए ।राष्ट्रले सुम्पिएको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिँदै उनले व्यवसायिकता, निष्पक्षता र समन्वयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।

गृहमन्त्री अर्यालका अनुसार विगतमा लुटिएका हतियारहरू फिर्ता हुने क्रम जारी रहेको छ र समग्र शान्ति–सुरक्षाको अवस्था सरकारको नियन्त्रणमा रहेको छ । यसले निर्वाचनको वातावरणलाई थप सुरक्षित र विश्वासयोग्य बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले प्रहरी समायोजनसम्बन्धी ऐन पहिल्यै निर्माण गरिसकेको उल्लेख गर्दै सोही ऐनअनुसार छिटोभन्दा छिटो प्रहरी समायोजन गर्न आग्रह गरे। संविधानले दिएको अधिकारअनुसार प्रदेश सरकारसँग आफ्नै प्रहरी संरचना नहुँदा शान्ति–सुरक्षा व्यवस्थापनमा समस्या भइरहेको भन्दै उनले वर्तमान सरकारलाई प्रहरी समायोजन प्रक्रिया पूरा गर्न जोड दिए।

मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा जिल्लास्थित नेपाली सेनाका प्रमुखहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खबर