जनकपुरधाम । करिब २२ वर्ष अघि शहीद विष्णु देव महतोको नाममा ट्रस्ट स्थापना गरिएको छ । शहीद विष्णु देव महतो ट्रस्टको पहिलो प्रारम्भिक भेला तथा माघे सङ्क्रान्ति अवसरमा धनुषाको हंसपुर नगरपालिका–९, नौवाखोर प्रसाही र वडा नम्बरमा १०० घरधुरी गरिव विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।
ट्रस्टका अध्यक्ष राजेश महतोले विगतमा आफु विद्यार्थी जीवनदेखि ट्रस्ट स्थापना गर्ने सोच भए पनि आर्थिक अभावका कारण पुरा हुन नसके र आज उक्त चाहना अन्तत साकार भएकोमा खुसी महसुस भईरहेको बताए । विद्यार्थी जीवनका रहेकाले आर्थिक भार वहन गर्न नसकेको उल्लेख गर्दै आज समय अनुकूल बनेसँगै काकाको नाममा ट्रस्ट स्थापना गर्न सफल भएको उनले बताए ।

उनले प्रत्येक वर्ष ट्रस्टमार्फत गरिब तथा निमुखा वर्गलाई शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा व्यक्तिगत आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। ट्रस्टको पहिलो प्रारम्भिक भेला कार्यक्रमको अध्यक्षता पवन कुमार साहले गरेका थिए। भेलामा सर्वसाधारणको उपस्थितिमा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिमा अध्यक्ष सूर्य नारायण महतो, कोषाध्यक्ष अनिल प्रधान, सचिव भुपेन्द्र कुमार मण्डल लगायतका सदस्यहरू रहेका छन्।
ट्रस्टका अध्यक्ष राजेश महतोले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै आगामी दिनमा ट्रस्टले भव्य र प्रभावकारी सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन्।






