LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । निर्वाचन आयोगले गगनकुमार थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । योसँगै नेपाली कांग्रेसको आधिकारिकता विवाद आयोगबाट टुंगिएको छ ।

शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापापक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए । शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए । दुवै निवेदनपछि गगन थापाले नेतृत्व गरेको कांग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो ।

सम्बन्धित खबर