LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

जनकपुरधाम । एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२’ (ब्रान्ड एम्बासडर हन्ट) को उपाधि मलैसा आचार्यले जितेकी छन् । प्रतियोगिताको ग्रान्ड फिनाले शुक्रबार राजधानीको वानेश्वरस्थित एभरेस्ट होटलमा सम्पन्न भएको हो ।

आयोजक एसवाई बजार नेपालका अनुसार करिब २ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि वितरण गरिएको यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो ब्रान्ड एम्बासडर हन्ट भएको दाबी गरिएको छ । कार्यक्रममा एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले स्थापित सेलेब्रिटीभन्दा गाउँ–घरमा लुकेका प्रतिभालाई पहिचान गरी ब्रान्ड एम्बासडर बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा डिजिटल अडिसनमार्फत उत्कृष्ट ५०० जना छनोट गरिएका थिए, जसलाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिएको थियो । दोस्रो चरणबाट उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँबराबरको भौचर दिइएको थियो । अन्तिम चरणमा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।

फाइनल नतिजाअनुसार फस्ट रनरअपमा सारा लामा र सेकेन्ड रनरअपमा अपि योञ्जन छनोट भएका छन् । टाइटल विजेता मलैसा आचार्यले ५ लाख नगद तथा १ करोड रुपैयाँबराबरको एकवर्षे कन्ट्र्याक्ट हात पारेकी छन् । फस्ट रनरअपलाई ४ लाख नगद र ५० लाखबराबरको कन्ट्र्याक्ट, सेकेन्ड रनरअपलाई ३ लाख नगद र ३० लाख रुपैयाँबराबरको कन्ट्र्याक्ट प्रदान गरिने आयोजकले जनाएका छन् ।

CG Group
त्यसैगरी, बाँकी उत्कृष्ट सात जनाले ‘पपुल्यारिटी अवार्ड’अन्तर्गत प्रतिव्यक्ति १ लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय कम्पनी हो । यसअन्तर्गत नेपालमा एसवाई प्यानल, एसवाई बजार र एसवाई इन्टरप्राइजेजलगायतका कम्पनी सञ्चालनमा छन् ।

सम्बन्धित खबर