LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेशमा ३२ जना प्रतिनिधी सभाका लागि ५ बजे सम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरि ५ सय ७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ५सय ७१ मध्ये महिला उम्मेदवारको संख्या ५३ रहेको छ ।

दिउँसो पाँच बजे सम्ममा पर्सामा ३५ पुरुष र ५ महिला,बारामा ६० पुरुष र ९ महिला, रौतहटमा ५९ पुरुष र ६ महिला, सर्लाहीमा ८८ पुरुष र ३ महिला, महोत्तरीमा ७८ पुरुष र ७ महिला, धनुषामा ९५ पुरुष र १० महिला, सिरहामा ६२ पुरुष र २ महिला र सप्तरीमा ४१ पुरुष र ११ महिलाले उम्मेदवारी दिएको मधेश निर्वाचन कार्यालयले जनाएको छ । मधेशका केहि जिल्लामा अझै मनोयन दर्ता जारी रहेको बताईएको छ ।

२१ फागुनमा हुने प्रतिनिधी सभाको निर्वाचन अन्तर्गत मंगलवार मधेश प्रदेशमा शान्तिपुर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ । प्रदेशका ८ वटै जिल्लामा शान्तिपुर्ण तरिकाले उम्मेदवारी दर्ता भएको मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले बताए । उनले भने,‘ प्रदेश दुई तीन स्थानमा विरोध प्रर्दशन भएपनि समग्रमा सबै निर्वाचनमा क्षेत्रमा शान्तिपुर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ ।’ मधेश प्रदेशका ८ वटै जिल्ला मिलाएर प्रतिनिधी सभाको ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रत्येक जिल्लामा ४ वटा निर्वाचन क्षेत्र तोकिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गरेको भन्दै उनका कार्यकर्ताहरुले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ हरिवनमा उम्मेदवारी दर्तामा प्रभावित गर्न खोजेका थिए । त्यसपछि प्रहरी उक्त अभियानमा सर्लाही संयोजक हरिनाथ मैनालीलाई पक्राउ गरेपछि अवस्था साम्य भएको थियो । प्रसाईका समर्थकहरुले बाराको कलैया र सिरहाको लहानमा पनि चुनावको विरोधमा नारा जुलुस प्रर्दशन गरेपनि

सम्बन्धित खबर