LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । २१ फागुनमा हुने चुनाव प्रधानमन्त्री, मन्त्री तथा साँसद बनाउन मात्रै होईन, उनले भने,‘ ट्रयाकबाट अगल भएका संविधानलाई ट्रयाकमा ल्याउन, प्रणाली र विधिको शासन व्यवस्था स्थापित गर्न यो निर्वाचन आवश्यक छ ।’ लोकतन्त्रको लागि आफु १६–१७ वर्षदेखि नै जेलनेल भोगेको बताउँदै उनले भने,‘ यो मुलुकलाई सहि बाटोमा डोरयाउन रुख चिन्हमा मतदान गर्नु आवश्यक छ ।’

२१ फागुनमा हुने प्रतिनिधी सभाको निर्वाचन अन्तर्गत मंगलवार मधेश प्रदेशमा शान्तिपुर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ । प्रदेशका ८ वटै जिल्लामा शान्तिपुर्ण तरिकाले उम्मेदवारी दर्ता भएको मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले बताए । उनले भने,‘ प्रदेश दुई तीन स्थानमा विरोध प्रर्दशन भएपनि समग्रमा सबै निर्वाचनमा क्षेत्रमा शान्तिपुर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ ।’ मधेश प्रदेशका ८ वटै जिल्ला मिलाएर प्रतिनिधी सभाको ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रत्येक जिल्लामा ४ वटा निर्वाचन क्षेत्र तोकिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गरेको भन्दै उनका कार्यकर्ताहरुले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ हरिवनमा उम्मेदवारी दर्तामा प्रभावित गर्न खोजेका थिए । त्यसपछि प्रहरी उक्त अभियानमा सर्लाही संयोजक हरिनाथ मैनालीलाई पक्राउ गरेपछि अवस्था साम्य भएको थियो । प्रसाईका समर्थकहरुले बाराको कलैया र सिरहाको लहानमा पनि चुनावको विरोधमा नारा जुलुस प्रर्दशन गरेपनि त्यसको कुनै प्रभाव नपरेको डिआईजी थपलियाले बताए ।

सम्बन्धित खबर