LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपाली काँग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका पुर्व मन्त्री अजय चौरसियाका बाँगी राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रवार उम्मेदवारी फिर्ताको निवेदन दर्ता गराउँदै साहले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसूदन आचार्यले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिएपछि साहले आफू नेपाली कांग्रेस समर्थक रहेको उल्लेख गर्दै पार्टीभित्र समन्वय नहुँदा स्वतन्त्र रूपमा उम्मेदवारी दिन पुगेको बताए । उनले अवदेखि आफु सो क्षेत्रमा रहेका कांग्रेसका आधिकारिक उम्मेदवार चौरसियालाई पुर्ण समर्थन र सहयोग गर्ने स्पष्ट गरे ।

निर्वाचन अधिकृत कार्यादलयका अनुसार उम्मेदवारी फिर्ता लिने प्रक्रिया सम्पन्न भइसकेपछि निर्वाचन कार्यालयले सबै क्षेत्रका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । आजै सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर