LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मधेश प्रदेशमा राष्ट्रिय सभामाका ४ सिटमा रिक्त रहेको छ ।

अन्य,महिला, दलित तथा अल्पसंख्यक÷अपांगता भएका व्यक्ति समुह गरि ४ सिटमा मधेश प्रदेशमा ११ जनाले उम्मेदवारी दर्ता दिएका छन् । निर्वाचन अधिकृत सुभाषबाबु पुरीले मतदानका लागि आवश्यक व्यवस्थापन पुरा भईसकेको बताए । भयरहित वातावरणमा गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको समेत उनले बताए । प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको उनले बताए ।

मधेस प्रदेशमा १०० प्रदेशसभा सदस्य र २६४ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३६४ मतदाता रहेका छन् । मतदानका लागि जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ४ ४ वटै समुहका उम्मेदवारी दिएको छ । भने जसपा नेपालले ३ वटा समुहमा उम्मेदवारी दिएको छ । राष्ट्रिय सभामा काँग्रेस, एमाले र जसपा नेपालले गठबन्धन गरेको छ । गठबन्धन गरेपनि जसपाले तत्कालिन लोसपाका अध्यक्ष महन्थ ठाकुर वाहेक सबै सिटमा उम्मेदवारी दिएको छ ।

जसपाले आफ्ना तीन उम्मेदवारलाई निष्क्रिय बनाएपनि मतदाता पत्रमा भने उनीहरुको नाम कायम नै रहेको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसले २, नेकपा एमाले १ एक सिटमा उम्मेदवारी दिएको छ ।

मधेश प्रदेश सभामा १३ सिट रहेका जनमतबाट उम्मेदवार बर्नाएको छैन । जनमत कुनै गठबन्धनमा पनि खुलेको छैन । यस्तोमा अवस्थामा कुन गठबन्धनलाई सहयोग गर्ने विषयमा भोलि विहान पार्टीको बैठक बसेर निर्णय हुने जनमतका उपाध्यक्ष तथा मधेश प्रदेशका मन्त्री बसन्त कुश्वहाले जानकारी दिए ।

सम्बन्धित खबर