LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभामा मधेश प्रदेशबाट पनि गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मधेश प्रदेशबाट राष्ट्रिय सभाका विभिन्न ४ अन्य, महिला, अल्पसंख्यक र दलित कलस्टरमा ४ सदस्य पद रिक्त रहेको थियो । राष्ट्रि सभा सदस्यमा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपाल बीच गठबन्धन भएको थियो ।

राष्ट्रिय सभामा महिला क्लष्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । उनी ७ हजार २२२ मत भारसहित निर्वाचित भएकी हुन् । झाकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गरेकी थिईन भने जसपा नेपालले निष्क्रिय बनाएकी उम्मेदवार चन्द्रकला देवी साहले ३२२ मत ल्याएकी थिईन । त्यसैगरि,अपांग तथा अल्पसंख्यक कलस्टरबाट नेपाली काँग्रेसका रञ्जित कर्ण निर्वाचित भएका छन् । ८ हजार ९३ मतभारसहित उनी निर्वाचित भएका हुन् । सोही क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामानन्द प्रसादले १ हजार ३६१ र जसपाका उम्मेदवार शैलेश कुमार चौधरीले २०९ मतभार पाएका छन् ।

दलित कलस्टरबाट नेपाली कांग्रेसकै धर्मेन्द्र पासवान निर्वाचित भएका छन् । पासवानले ७ हजार ९०४ मतभार ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सम्भु पासवान ले १ हजार ३७६ र जसपाकी चमेली देवी दासले २०९ मत भार पाएकी छन् ।

अन्य तर्फ जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । उनी अन्य कलस्टर तर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन् ।

मधेशमा नेपाली काँग्रेस, नेकपा एमाल र जसपा नेपाल बीच गठबन्धन भएपनि नेपाली कम्युष्टि पार्टी भने एक्कलै चुनाव लडेका थिए । मधेश प्रदेश सभामा १३ सिट रहेका जनमतले गठबन्धनकै उम्मेदवारहरुलाई समर्थन गरेका छन् ।

सम्बन्धित खबर