LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । बाराको परवानीपुर गाउँपालिकाका एकै परिवारका दुई जनाको हत्या प्रकरणमा आफ्न्तकै संलग्नता रहेको सार्वजनिक भएको छ ।

गत सोमवार परवानीपुर गाँउपालिका–१ रहरियाडियाका ५० वर्षिय जगरुप मण्डलका ३१ वर्षिय छोरा राम ईश्वर मण्डल र उनकी श्रीमति सुत्रिमा मण्डललाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो । सो घटनामा जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते समेत भएका थिए । हाल उनीहरुको उपचार एल.एस.न्युरो अस्पतालमा भईरहेको छ ।

घटनाको अनुसन्धानमा पश्चात प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतक राम इश्वरकी श्रीमति मनिता देवि मण्डल र उनका प्रेमि भनिएका प्रसौनी गाउँपालिका–७ बन्जरिया टोल निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको छ । विवाहेत्तर सम्बन्ध तथा अनैतिक प्रेमको कारण दुई जनाको हत्या भएको बारा घटनाको प्रराम्भिक अनुसन्धानमा खुलेको बारा प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा विवाहेतर सम्बन्धबाट उत्पन्न पारिवारिक विवाद नै घटनाको मुख्य कारण रहेको खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले दावि गरे । प्रारम्भिक अनुसन्धान अनुसार धर्मेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका थिए। महतो ११ माघमा नेपाल फर्किएपछि घरपरिवारसँग सम्पर्क नगरी मनिता देवीसँग मिलेर हत्या योजना बनाएको र घटनाको मुख्य योजनाकार मनिता नै देखिएको पनि उनले बताए । घटनापछि फरार रहेका धर्मेन्द्रलाई बारा विश्रामपुर गाउँपालिका–४ स्थित मुसहर्वा नाकाबाट भारततर्फ भाग्न खोज्दा पक्राउ गरिएको हो।

त्यस्तै, घाइते अवस्थामा उपचाररत मनिता देवीलाई अस्पतालबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ज्यानसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाका सबै पक्षबारे गहिरो अनुसन्धान भईरहेको उपरीक्षक कुँवरले बताए ।

सम्बन्धित खबर