LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । रौतहटमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गाडीको ठक्करबाट इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मजिस्द नजिकै खेलिरहेकी स्थानीय मोहम्मद सगिर आलमकी ४ वर्षीया छोरी अरफा खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद बस्यालका अनुसार बा १५ च ४२४४ नम्बरको कारले ती बालिकालाई ठक्कर दिएको थियो । त्यसपछि त्यही कारमा राखेर ती बालिकालाई गौरको सिटी अस्पतालमा लगिएको थियो ।

रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चुनावी प्रचारप्रसारका लागि हिँडेको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको हो । बालिकालाई अस्पताल पुर्‍याएपछि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भईरहेको डीएसपी बस्यालले जानकारी दिए । गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सो गाडी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उम्मेदवारको प्रचारका लागि प्रयोग भएको पाइएको छ । गाडीमा रास्वपाको स्टिकर टाँसिएको अवस्थामा फेला परेको हो ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सगिर आलम हुन् । घटना भएको समयमा उनी गाडीमा सवार रहेको वा नरहेको विषयमा अहिलेसम्म खुल्न नसकेको रौतहट प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर