LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषा जिल्लामा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न स्पष्ट निर्देशन दिएको छ । आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारमाथि कानुनअनुसार कडा कारबाही हुने कार्यालयले चेतावनी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेमा उम्मेदवारलाई चरणबद्ध रूपमा कारबाही गरिनेछ । पहिलो चरणमा सचेत गराइने, प्रचार सामग्री जफत गरिने र स्पष्टीकरण सोधिने व्यवस्था छ । गम्भीर उल्लङ्घन भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजसमेत गर्न सकिने कानुनी प्रावधान रहेको कार्यालयले जनाएको छ ।
आचारसंहिता प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बुद्धराम मल्ललाई अनुगमन अधिकृत तोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचन आचारसंहिता सबै राजनीतिक दलहरूको सहमतिमा बनेको उल्लेख गर्दै उम्मेदवारहरूले यसको पूर्ण पालना गर्नुपर्ने दायित्व रहेको बताए । उनले आचारसंहिता उल्लङ्घनले उम्मेदवारसँगै सम्बन्धित राजनीतिक दलको प्रतिष्ठामा समेत नकारात्मक असर पर्ने चेतावनी दिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखिएको जानकारी दिँदै माघ २१ गतेदेखि जिल्लामा नेपाली सेना परिचालन भइसकेको बताए । उनले उम्मेदवार, राजनीतिक दल, सरकारी कर्मचारी र आम नागरिक सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर