LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार वनभोजका क्रममा खोलामा फेला परेको र रकेटजस्तो देखिने वस्तु बालकहरूले चुल्हो नजिक राखेका थिए। सोही क्रममा अचानक विस्फोट हुँदा चारै जना बालक घाइते भएका हुन् । विस्फोटमा घाइते हुनेहरूमा स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज रहेका छन् ।

विस्फोटका कारण उनीहरूको शरीरका विभिन्न भागमा छर्रा लागेको छ ।
घाइते बालकहरूलाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको छ। उनीहरूको अवस्था चिन्ताजनक नरहेपनि अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको बताईएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। उक्त शंकास्पद वस्तु कहाँबाट आएको र कसरी खोलामा पुगेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले बताए ।

यसैबीच, प्रहरीले सर्वसाधारणलाई शंकास्पद वा विस्फोटकजस्तो देखिने कुनै पनि वस्तु भेटिएमा नछुन र तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

सम्बन्धित खबर