LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिले जनकपुरधाममा निर्माणाधीन श्रीरामजानकी क्रिकेट स्टेडियमलाई प्राथमिकतामा राखेर अघि बढाइने बताएका छन् ।

शनिबार चुनावी प्रचारका क्रममा आयोजित वडा भेलालाई सम्बोधन गर्दै नेता निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम निर्माण आवश्यक रहेको उल्लेख गरे। उनले यस विषयमा भारतीय दूतावास तथा संघीय र प्रदेश सरकारका अर्थमन्त्रीसँग छलफल भइसकेको जानकारी दिए ।

निधिले भने, ‘मैले भारतीय दूतावास र दुबै अर्थमन्त्रीसँग यसबारे कुरा गरिसकेको छु। जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम अनिवार्य छ।’

उनका अनुसार उक्त स्टेडियम निर्माणले जनकपुरधामलाई खेलकुद पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्नेछ । साथै, यसले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे।
नेता निधिले आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य गरेर निर्माण कार्यलाई तीव्रता दिइने प्रतिबद्धता जनाए।

‘यो केवल खेल मैदान मात्र नभई जनकपुरधामको पहिचान, विकास र गौरवसँग जोडिएको महत्वाकांक्षी परियोजना हो,’उनले थपे। स्थानीय बासिन्दा तथा खेलप्रेमीहरूले लामो समयदेखि श्रीरामजानकी क्रिकेट स्टेडियम निर्माणको माग गर्दै आएका छन् ।

सम्बन्धित खबर