LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो खेत जोत्ने क्रममा भएको दुर्घटनामा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिरहा नगरपालिका–११ मरडा निवासी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार मटिहानी–४ निवासी गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको थियो । सोही क्रममा स्थानीय ट्याक्टरबाट खस्ने क्रममा दुवै बालिका पछाडि जडान गरिएको रोटाभेटरमा परेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने ट्याक्टरका धनी मटिहानी–४ का ४२ वर्षीय फुल महम्मदलाई प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर