LIVE
जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिलेसम्म मधेशले भोट मात्रै हालेको, तर न्याय नपाएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापतिसमेत रहेका यादवले सोमबार भिडिओ वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

‘अहिलेसम्म मधेसले चुनावमा भोट मात्रै हालेको छ । तर मधेसले न्याय पाएन,’ यादवले भने, ‘यसपटक कांग्रेसले मधेसलाई चुनावी एजेन्डासहित न्याय दिलाउने अठोट गरेको छ ।’ कांग्रेसले पनि यसअघि जितेर सरकार बनाउँदा मधेशलाई न्याय दिन नसकेको उनले स्वीकार गरे ।

‘यसपटक मधेश बुझाउन र बुझ्नका लागि जनकपुरमा सभा आयोजना गरेको छ । कांग्रेसले बोलेको कुरा पूरा गर्छ भन्ने आशा राख्दै चुनावी सभा गरेका छौँ,’ उनले भने ।

मधेशमा केन्द्रीय सभापति गगन थापाको उम्मेदवारीले मधेशको पहिचान, सम्मान र शानलाई फर्काएको पनि मुख्यमन्त्री यादवले टिप्पणी गरे । उनले भने, ‘गगन थापासहित मधेशमा ३२ ओटै सिट जिताउन जनकपुरमा चुनावी सभा आयोजना गरेका छौँ ।’ मधेशको उर्वरा भूमिको विरासत जोगाउन पनि कांग्रेस जित्नुपर्ने उनले बताए ।

संघीयता कार्यान्वयन मधेशलाई नै चाहिएको र त्यो कुरा कांग्रेसले मात्रै गर्नसक्ने पनि मुख्यमन्त्री यादवले दाबी गरे । ‘कांग्रेसका उम्मेदवारहरूलाई मधेशमा इतिहास कायम गर्न पनि चुनावी सभाको जरूरी भएको छ,’ उनले भने ।

सम्बन्धित खबर