LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वदलीय समन्वय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आइतबार बसेको बैठकमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकले निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारी स्रोत साधनको दुरुपयोग नगर्ने सहमति गरेको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी गतिविधि मर्यादित र नियमसम्मत ढंगले सञ्चालन गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । मतदान प्रक्रियालाई सहज बनाउन मतदान अधिकृत र कर्मचारीलाई आवश्यक प्रक्रियागत सहजीकरण गर्ने तथा उनीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी निर्वाह गर्न सबै निकायले सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

जिल्लाको बहुभाषिक र बहुसांस्कृतिक परिवेशलाई ध्यानमा राख्दै धर्म, जाति, भाषा वा समुदायबीच वैमनस्य फैलाउने गतिविधि नगर्न सबै पक्ष सहमत भएका छन् । निर्वाचन प्रचारका क्रममा दलहरूबीच झडप वा अवरोध हुन नदिन कार्यकर्तालाई संयमित रहन निर्देशन दिने सहमति गरिएको छ ।

सामाजिक सञ्जालको प्रयोग मर्यादित बनाउन चरित्र हत्या, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सूचना फैलाउने गतिविधि रोक्न दलहरूले आफ्ना प्रचार संयन्त्रलाई सचेत गराउने निर्णय भएको छ । सम्भावित विवाद स्थानीय तहमै संवादमार्फत समाधान गर्दै सुरक्षा निकायसँग निरन्तर समन्वय गर्ने सहमति समेत बैठकले गरेको छ ।

सम्बन्धित खबर