LIVE
जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु |

चितवनमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले कुल १ सय ५८ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवशेनको निर्वाचन तालिका सार्वजनिक गरिसकेका छन् ।

महाधिवेशनबाट पहिलो चरणमा सभापतिसहित १ सय जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । रास्वपाले सभापतिलाई ५० जना केन्द्रीय सदस्य चुन्न पाउने अधिकार दिएको छ । यो अधिकार विधानको परिमार्जित व्यवस्थाले गरेको छ ।

यसअघि सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वले गरेको विधान संशोधनमा सभापतिको अधिकार बढाइएको हो । रास्वपामा पदाधिकारी बन्न अनिवार्य केन्द्रीय सदस्य हुनैपर्छ ।

सभापतिसहित पहिलो चरणमा १ सय जना केन्द्रीय सदस्य बनेपछि सभापतिले थप ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् । यसरी मनोनीत गर्दा संस्थापक जति सबैलाई ल्याउने शनिबारको केन्द्रीय समिति बैठकबाट तय भइसकेको छ । त्यो बाहेक समायोजन प्रक्रियाअन्तर्गत विभिन्न राजनीतिक दल, व्यक्ति वा समूहबाट आएकालाई मनोनीत गरिनेछ । यसरी जम्मा १ सय ५० जना सदस्य चुनिनेछन् । तर, केन्द्रीय समितिमा यसअघि नै प्रदेश सभापति चयन भइसकेका छन् ।

उनीहरूको हैसियत केन्द्रीय सदस्य सरहको हुनेछन् । अर्थात्, रास्वपाको केन्द्रीय समिति प्रदेश सभापतिसहित १ सय ५८ जनाको हुनेछ । पदाधिकारीमा सभापति स्वयमले १९ मध्ये ११ पदाधिकारी चुन्ने व्यवस्था गरिएको छ ।

पार्टी समायोजन प्रक्रियाको मर्मलाई आत्मसाथ गर्न भन्दै यति धेरै पदाधिकारी मनोनीत गरेर राख्न खोजिएको हो । रास्वपाको ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन सकेसम्म विवादरहित बनाउने र एकताको सन्देश दिने गरी प्रायः सबै पदमा निर्विरोध चयन गर्ने प्रयास भएको देखिन्छ ।

सम्बन्धित खबर