LIVE
बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ |

जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित संसदीय कार्यदलले सर्वसम्मत रूपमा आफ्नो प्रतिवेदन प्रदेश सभामा पेस गरेको छ ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा कार्यदलका सदस्य तथा जसपा नेपालका सांसद उपेन्द्र महतोले १० बुँदे प्रतिवेदन प्रस्तुत गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र विवादरहित बनाउन आवश्यक सुझावहरू समेटिएको जानकारी दिए ।

प्रतिवेदनमा मन्त्रालय अन्तर्गत रहेका पुर्वाधार विकास तथा निर्माण योजनाहरू सम्बन्धित जिल्लाका कार्यालय मार्फत कार्यान्वयन गर्ने, स्रोत सुनिश्चित गरेर बहुवर्षीय योजनालाई अर्थ तथा प्राविधिक विज्ञहरूको सिफारिसका आधारमा अघि बढाउने तथा नियमन र नियन्त्रणलाई व्यवस्थित बनाउने प्रस्ताव गरिएको छ ।

त्यसैगरि, स्थानीय तहलाई दिइने विशेष अनुदानअन्तर्गत पोषणयुक्त आहार वितरण जस्ता कार्यक्रम स्थगित गरी आवश्यकताका आधारमा अन्य शीर्षकमा बजेट विनियोजन गर्न सुझाव दिइएको छ । चालु आर्थिक वर्षमा सम्पन्न भए पनि भुक्तानी हुन बाँकी योजनाको रकम आगामी बजेटबाट उपलब्ध गराउने, स्थानीय तहले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजस्व बढीमा पाँच किस्तामा बुझाउन सक्ने व्यवस्था गर्ने र त्यसअनुसार अनुदान उपलब्ध गराउने व्यवस्था गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ ।

कार्यदलले कमला पुल निर्माण आयोजनाका लागि आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गरी निर्माणलाई गति दिनुपर्ने सिफारिससमेत गरेको छ ।

बजेट पुनर्लेखन वा संसदीय कार्यदल गठनको माग गर्दै प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले प्रदेश सभा अवरुद्ध गरेपछि गत २८ असारमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातै दलका एक–एक जना सांसद रहने गरी कार्यदल गठन गरिएको थियो ।

गठन भएको दुई दिनमै कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरी प्रदेश सभामा बुझाएको हो । सांसद उपेन्द्र महतोले प्रतिवेदनमा समावेश सबै सुझाव कार्यदलका सदस्यहरूको सहमतिमा तय भएको बताए ।

सम्बन्धित खबर