LIVE
भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२३ बेला निवासी हमीद रेजाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

कतारमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका रेजाले विपद्को यस कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिने उद्देश्यले उक्त रकम सहयोग गरेका हुन् । मातृभूमिमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा केही भए पनि मल्हम लगाउन सकियोस् भन्ने भावनाले आफूले सहयोग गरेको रेजाले बताएका छन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने कैयौँ परिवार प्रभावित भएका छन् । बाढीका कारण आफन्त गुमाएका, बेपत्ता भएका तथा घर–सम्पत्ति गुमाएका नागरिक अहिले राहत र पुनःस्थापनाको पर्खाइमा छन् । यस्तो अवस्थामा सरकार, विभिन्न संघसंस्था तथा व्यक्तिगत तहबाट राहत तथा सहयोग जुटाउने क्रम जारी छ ।

रेजाले विदेशमा रहेर व्यवसाय सञ्चालन गरिरहे पनि देशमा परेको विपद्का बेला आफू पनि पीडित नागरिकसँगै रहेको अनुभूति गराउन सहयोग गरेको बताएका छन् । उनले विपद्को समयमा आर्थिक अवस्था मजबुत भएका व्यक्ति, व्यवसायी तथा संघसंस्थाले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

‘विपद् कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या होइन, यो सम्पूर्ण समाज र राष्ट्रको साझा पीडा हो,’ रेजाले भनेका छन्, ‘यस्तो कठिन समयमा पीडितको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो । आफ्नो मातृभूमि र आफ्ना नागरिकलाई परेको पीडामा सकेको सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’

रेजाको सहयोगले विपद्का बेला स्वदेश तथा विदेशमा रहेका नेपालीबीचको मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ ।

सम्बन्धित खबर