LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

नेपालमा आएको विनाशकारी बाढीका कारण हजारौं नागरिक प्रभावित बनेपछि देश–विदेशबाट सहयोग जुट्ने क्रम जारी छ। यसैबीच भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका १० वर्षीय बालक अल्फाज शेखले देखाएको मानवीय कार्यले सबैको मन छोएको छ।

विशुनपुरा ब्लकअन्तर्गत बेतिया गाउँ निवासी अल्फाज शेख आफ्नो बचतले भरिएको गुल्लक बोकेर जिल्ला अधिकारी ९डीएम० महेन्द्र सिंह तंवरको कार्यालय पुगे। उनले नेपालका बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वासका साथ आफ्नो सम्पूर्ण बचत रहेको गुल्लक जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

सानो उमेरमै देखाएको उनको उदारता र सामाजिक उत्तरदायित्वको भावनाले धेरैलाई प्रेरित गरेको छ। विपद्को समयमा सहयोग रकमको आकारभन्दा पनि सहयोग गर्ने मन ठूलो हुने सन्देश अल्फाजको कार्यले दिएको छ।

नेपालमा आएको बाढीले धेरै परिवार विस्थापित भएका छन् भने राहत, उद्धार र पुनःस्थापनाका लागि विभिन्न निकाय तथा सर्वसाधारणबाट सहयोग संकलन भइरहेको छ। यस्तै मानवीय पहलहरूले विपद्को समयमा आशा र एकताको भावना थप बलियो बनाउने विश्वास गरिएको छ।

सम्बन्धित खबर