LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । राष्ट्रियवादी नागरिक समाजकी उपाध्यक्ष लक्ष्मी मल्लले हिन्दु राष्ट्र र राजसंस्थाको नाममा व्यापारी पृष्ठभुमिका दुुर्गा प्रसाई मुलुकमा आरजकता फैलाएको आरोप लगाएकी छिन् ।
जनकपुरधामको पिराडी चोकमा मंगलवार साँझ आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मल्लले यस्तो आरोप लगाएकी हुन् । प्रसाई हिन्दु राष्ट्र वा राजसंस्थाको पक्षमा आन्दोलन गरेपनि उनी विभिन्न पार्टीका शिर्ष नेताहरुको दुत रहेकोले उनलाई नेपाली जनताले विश्वास गर्न नसकिने बताईन । व्यापारी पुष्ठभुमिका प्रसाईले आफ्नो पार्टी राजाको लगानी रहेको भनेर झुठको भ्रम फैलाएको बताउदै उनले भनिन्,‘ राजा सबैको साझाको हो । मौसुफको कुनै पार्टीमा लगानी छैनन् ।’
नेताहरुको व्यवहार र प्रवृतिको कारण मुलुकमा राजसंस्था आवश्यक रहेको उनले बताईन । ‘मुलुकमा पहिला एउटा राजा थियो, उनले भनिन्,‘ अहिले धेरै राजाहरु भएका छन्, उनीहरु विकास निर्माणभन्दा व्यतिmगत विकास लागेका छन् ।’ राजा नहुदाँ मुलुकमा विदेशीहरुको चलखेल बढेको उनले बताईन । राज संस्था र हिन्दु राष्ट्र वारेमा दलहरुले जनमत संग्रह नै नगरि विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मिटाउने काम गरेको उनले बताईन ।
राष्ट्रियवादी नागरिक समाजले विगत १५ वर्षदेखि निरन्तर राजसंस्था र हिन्दु राष्ट्रको लागि विभिन्न अभियानहरु संचालन गर्दै आएको उनले बताईन । राष्ट्रियवादी नागरिक समाजका धनुषाका विरेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले राजाको सर्थनमा मन्तव राखेका थिए ।

सम्बन्धित खबर