LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेशले राष्ट्रिय सभा सदस्यका लागि सम्भावित ७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
काँग्रेसका मधेश प्रदेशको कार्यसमितिको वैठकले राष्ट्रिय सभा सदस्यका लागि सम्मभावित ७ जना उम्मेदवारको नाम प्राथमिकता निर्धारण गरि पार्टीको केन्द्रिय कार्यसमितिमा पठाएको छ । काँग्रेसका मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादबको अध्यक्षतामा आईतवार विहान बसेको बैठकले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरुको सुझावलाई ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर ७ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।
वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्वरमा धनुषाबाट आनन्द प्रसाद ढुंगाना धनुषा, बाराका फरमुल्लाह मंसुर , सर्लाहीका नागेन्द्र कुमार , बाराका राधेचन्द्र यादव, महोत्तरीका रामचन्द्र तिवारी, पर्साबाट रजिन्द्रबहादुर अमात्य र रौतहटबाट हृदयनारायण यादवको नाम राष्ट्रिय सभा सदस्यका लागि सम्भावित उम्मेदवारको रुपमा सिफारिस गरिएको काँग्रस मधेशका सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र मधेश कार्यालयमा आफै उपस्थित भई दर्ता गराइएको नामावली माथि विचार गर्दै वरिष्ठता, समावेशिता लगायतका पार्टीमा दिएको योग्यदानको मूल्याँकन गर्दै उक्त सम्भावित उमेदवारहरुको नाम सिफारिस गरे पठाईएको प्रमुख गुप्ताले बताए ।

सम्बन्धित खबर