LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेशले राष्ट्रिय सभा सदस्यका लागि सम्भावित ७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
काँग्रेसका मधेश प्रदेशको कार्यसमितिको वैठकले राष्ट्रिय सभा सदस्यका लागि सम्मभावित ७ जना उम्मेदवारको नाम प्राथमिकता निर्धारण गरि पार्टीको केन्द्रिय कार्यसमितिमा पठाएको छ । काँग्रेसका मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादबको अध्यक्षतामा आईतवार विहान बसेको बैठकले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरुको सुझावलाई ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर ७ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।
वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्वरमा धनुषाबाट आनन्द प्रसाद ढुंगाना धनुषा, बाराका फरमुल्लाह मंसुर , सर्लाहीका नागेन्द्र कुमार , बाराका राधेचन्द्र यादव, महोत्तरीका रामचन्द्र तिवारी, पर्साबाट रजिन्द्रबहादुर अमात्य र रौतहटबाट हृदयनारायण यादवको नाम राष्ट्रिय सभा सदस्यका लागि सम्भावित उम्मेदवारको रुपमा सिफारिस गरिएको काँग्रस मधेशका सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र मधेश कार्यालयमा आफै उपस्थित भई दर्ता गराइएको नामावली माथि विचार गर्दै वरिष्ठता, समावेशिता लगायतका पार्टीमा दिएको योग्यदानको मूल्याँकन गर्दै उक्त सम्भावित उमेदवारहरुको नाम सिफारिस गरे पठाईएको प्रमुख गुप्ताले बताए ।

सम्बन्धित खबर