LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
ज्नकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसबाट अन्य तर्फ आनन्द ढुगंना र जसपाबाट महिला तर्फ पुजा चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यसैगरि, एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् । त्यसैगरि, जनमतबाट रामशंकर महासेठले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सुचना अधिकारी कृष्ण कुमार राउतले जानकारी दिए ।
एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको स्थानमा पार्टीले विजेता झालाई उम्मेदवारी बनाएको छ ।

सम्बन्धित खबर