LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । महोत्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् ।
जिल्लाको औहरी नगरपालिका–१ स्थित औहरी बजार नजिक दुई मोटरसाईकल एक आपसमा ठोकिदाँ महोत्तरी रामगोपालपुर नगरपालिकाका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परे गम्भिर घाईते भएका दुई जनालाई प्रहरीले उपचारका लागि बर्दिवासस्थित एक अस्पतालमा पुरआएका थिए । त्यही उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताए ।
रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । सो दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव गम्भीर घाइते भएका छन् ।
ितव्रगति र हुस्सुको कारण दुईवटा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हुन सक्ने नायव उपरीक्षक गिरीले बताए । दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक दुइै जनाको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पतालम जलेश्वरमा राखिएको उनले बताए ।

सम्बन्धित खबर