LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । मधेश प्रदेश सरकारले जाडो याममा हुने सक्ने विपत्त व्यवस्थापनलाई मध्यनजर गरि प्रदेशका ८ वटै जिल्लामा कम्बल वित्तरण गर्ने भएको छ ।
मंसिरको अन्तिम सप्ताहदेखि मधेश प्रदेशका जिल्लाहरुमा हुस्सु र दिउँसो चल्ने हावाले चिसो बढेपछि मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता मोहम्मद समिमको अध्यक्षतामा बसेको प्रदेश विपत्त व्यवस्थापन समितिको वैठकले गरिव, विपन्न तथा असहायलाई कम्बल वित्तरण गर्ने निर्णय गरेको थियो ।
मन्त्री समिमले जोडो याममा निम्तिन सक्ने विपदालाई मध्य नजर गर्दै आवश्यक तयारीका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल गरि विपदा जोखिम न्युनकरणका लागि न्यानो कपडा वित्तरणदेखि हुस्सुको कारण हाईवेमा हुने सडक दुर्घटना रोक्न सम्मको योजना बनायो बताए ।
प्रदेशका ८ वटै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालय माहत रहेका जिल्ला विपत्त व्यवस्थापन समिति मार्फत कम्बल २० हजार कम्बल वित्तरण भईरहेको मन्त्री समिमले बताए । उक्त कम्बल नेपाली सेनाबाट जि टु जि प्रक्रिया मार्फत खरिद गरिएको मन्त्रालयक उनले बताए । जाडोबाट प्रभावित हुने गरिव विपन्न वर्गमा राहतका लागि न्यानो कपडा, कमबल, तथा डिजिन वन कार्यालयसँग समन्वय गरि दाउरा वित्तरण लगायतका तयारी भईरहेको मन्त्री समिमले बताए ।
चिसोमा लागने हुस्सुको कारण हाईवेहरुमा सवारी दुर्घटना बढ्ने भएकोले सवारी साधनको निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएको उनले बताए । त्यसैगरि, चिसो छल्न खास गरि ग्रामिण क्षेत्रमा लगाईने घुराले पनि आगलगि लगायतका घटनाहरु विगतमा हुने गरेकोले त्यसलाई न्युनिकरणमा लागि सर्वसधारणमा जनचेतना जगाउने उदेश्यले जनचेतनामुलक कार्यक्रम भईरहेको उनले बताए ।

चिसोबाट हुने सक्ने क्षतिको विषयमा सर्वसधारणलाई जनचेतना जगाउने, विपत्त व्यस्थापन तथा जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा गैर सरकारी संघसँस्थासँग समन्वय गरेर आवश्यकता अनुसार थप कार्यक्रम गर्न सरकार गम्भिर रहेको उनले बताए ।

सम्बन्धित खबर