LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । मधेश सरकारले प्रदेशले नाम र राजधानी पाएको दिन ३ माघलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको वैठकले सरकारले आउँदो ३ माघदेखि स्वाभिमान दिवसको रुपमा बनाने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।
गत ३ माघ २०७८ मा गतेकै दिन बसेको प्रदेश सभाको वैठकबाट तत्कालिन २ नम्बर प्रदेशलाई बहुमतले मधेश प्रदेश नामाकरण गरेको थियो भने अस्थायी जनकपुरधाम राजधानीलाई स्थायी प्रदेशको राजधानीको रुपमा पारित गरेको थियो । मधेश प्रदेशका पहिलो मुख्यमन्त्री मोहम्मद लालबाबु राउत नेतृत्वको सरकारले लामो प्रयास पछि प्रदेशको नाम र राजधानी चयन तोक्न सफल भएको थियो । त्यसैगरि, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वको सरकारले आउँदो २९ पुसमा एक वर्ष पुरा भएको अवसरमा एक वर्षे उपलब्धी सार्वजनिक गर्ने भएको छ । २९ पुस आईतवार एक कार्यक्रम बीच एक वर्षेकार्यकालको उपलब्धी मुख्यमन्त्री यादवले सार्वजनिक गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्ीपरिषदको कार्यालयले जनाएको छ ।
त्यसैगरि, मधेश सरकारले ५ माघलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको छ । मधेश आन्दोलनको पहिलो शहिद रमेश महतो सोही दिन शहिद भएको अवसरमा मधेश केन्द्रित दलहरुले बलिदानी दिवसको रुपमा बनाउदै आएकोमा मधेश प्रदेशका पहिलो मुख्यमन्त्री राउतले आफ्नो मन्त्रिपरिषदको पहिलो वैठकले माघ ५ लाई बलिदानी दिवसको रुपमा बनाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर