LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रदेशिक अस्पताल जनकपुरमा क्याथ ल्याब सेवा सुरु भएको छ ।
प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री सरोज कुमार यादव र स्वास्थ्य तथा जनसंख्यामा विरेन्द्र सिंहले संयुक्त रुपमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए ।
मधेश स्वास्थ्य विज्ञापन प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले भने,‘ मधेशमा एउटापनि भपर्दो अस्पाल छैन, समान्य रोगको उपचारको लागि काठमाण्डौ, धारन, चितवन लग्नुपर्छ,नभए भारत जानुपर्ने वाध्यता छ । तर अव यो वाध्यतालाई समाधान गर्ने गरि मधेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ  ।’
प्रदेश सरकारले प्रदेश सरकार मातहत रहेका सबै जिल्ला अस्पतालहरुलाई सय शैयामा स्तर उन्नती गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने,‘ मधेश स्वास्थ्य विज्ञापन प्रतिष्ठान अन्तर्गत रहेका प्रादेशिक अस्पताल जनकपुरधामलाई नमुना अस्पतालको रुपमा स्तर उन्नती गरि प्रदेशवासीलाई उपचारको लागि वाहिर जानुपर्ने वाध्यतालाई हटाउछौ ।’
अव प्रदेशवासीलाई उपचारको लागि अन्य प्रदेशमा जानुपर्दैनन्, अन्य प्रदेशका जनता मधेशमा आएर उपचार गराउन सकोस् भने हाम्रो लक्ष्य हो’,मुख्यमन्त्री यादवले भने । प्रतिष्ठानले एमडीको मात्र नभई एमबिबिएसको पनि अध्ययनको वातावरणको तयारीमा लाग्न प्रतिष्ठानको पदाधिकारीहरुलाई आग्रहा समेत गरे ।
मधेश प्रदेशमा चिकित्सहरुको सबभन्दा बढी छ, विरामीपनि सबभन्दा बढी मधेश प्रदेशमै छ, मुख्यमन्त्री यादवले भने, त्यसकारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेरमा काम गरिरहेका छौ ।’ प्रतिष्ठानका उपकुलपति नियुक्तिको विषयमा स्वास्थ्य मन्त्रीसँग आफ्नो कुनै मतभेद नरहेको र यो महिनाभित्रै उपकुलपति नियुक्त हुने उनले बताए ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र कुमार सिंहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदेशिक अस्पतालमा जनकपुरधाममा क्याथ ल्यावको सेवाको उदघाटन सुरु गरिएको छ । मुख्यमन्त्री यादव र स्वास्थ्यमन्त्री सिंहले संयुक्त रुपमा क्याथ ल्यावको शनिवार उद्घाटन गरेका हुन् ।
क्याथ ल्याव सेवा सुरु भएपछि यस क्षेत्रका मुटुको विरामीहरुलाई चेकजाँचका साथै उपचारमा सहजता हुने प्रतिष्ठानका रजिष्ट्रार बिनोद यादवले बताए । कार्यक्रमा प्रतिष्ठानका शिक्षा निर्देशक डा. अंकुर साह, प्रदेशिक अस्पतालका निर्देशक डा.रामनरेश पण्डित सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर