LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता गठबन्धनमा भएको परिवर्तन तथा दलहरूले उनलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ । गत ९ माघमा जनमत पार्टीले मुख्यमन्त्रि यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोहीकारण उनले आज विश्वासको मत लिन लागेका हुन् ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले यसअघि दुईपटक विश्वासको मत लिइसकेका छन् । दोस्रोपटक उनले एमालेले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका थिए । तर, एमालेले पुन उनलाई मत दिएपछि उनले दोस्रोपटक पनि शतप्रतिशत विश्वासको मत पाएका थिए ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मतका लागि ५४ सांसदहरूको आवश्यकता पर्दछ । उनलाई कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजावादीले समर्थन गरेका छन् । जसका कारण उनी सहज अवस्थामा छन् । तर, यसअघि शतप्रतिशत विश्वासको मत पाएका यादवले यसपाली त्यस्तो मत पाउने सम्भावना भने कम देखिन्छ ।

तर, मधेशमा कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९/९ तथा एकीकृत समाजवादीका ७ सांसदको समर्थन पाएकाले उनले विश्वासको मत पाउने सम्भावना भने देखिन्छ ।

सम्बन्धित खबर