LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा स्कुल बसको ठक्करले दुई महिलाको मृत्यु भएको छ ।
आईतवार विहान विद्यार्थी बोकेको जनकपुरधामका एंजल्स स्कुलको प्रदेश २०२–०० क ०४३१ नम्बरको बसले ठक्कर दिदाँ स्थानीय ३६ वर्षीया राखी देवि यादव र उनकी छिमेकी केवल देवि साहको मृत्यु भएको छ ।
त्यसैगरि, सोही घटनामा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवको घटना स्थलमै मृत्यु भएको थियो भने साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले जानकारी दिए ।
घाईतेहरुको अवस्था खतरा वाहिर रहेको उनले बताए । मृतकको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको छ ।
यता, चालु आर्थिक वर्षको फागुनको २० गते सम्म धनुषामा मौ ४६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम लगायत मधेश प्रदेशका जिल्लाहरुमा सवारी दुर्घटनामा वृृद्धी भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा १ हजार ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार १ सय ६४ जना घाईते भएको छ । सो कार्यालयको तथ्याङ्गक अनुसार सबभन्दा बढी सवारी दुर्घटनामा धनुषामै भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाकएको छ ।
सो कार्यालयका अनुसार आर्थिक बर्ष ०७८÷७९ मा मधेश प्रदेशका आठ जिल्लामा पाँच हजार ७११ सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु भएको छ । आव ०७९÷८० मा ५ हजार ९ सय ८८ सवारी दुर्घटनामा परी ५ सय ४६ जनाले ज्यान गुमाउँदा चालु आव ०८०÷८१ को माघसम्म तीन हजार ६१२ सवारी दुर्घटनामा २९० जनाले ज्यान गुमाएका छन् ।
यो अवधिमा मधेस प्रदेशमा मात्रै १५ हजार ३११ सवारी दुर्घटना हुँदा एक हजार ४२१ जनाको मृत्यु भएको सो कार्यालयका ट्राफिक प्रहरी नायव उपरिक्षक माधबप्रसाद काफ्लेले बताए ।

सम्बन्धित खबर