LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । नेपाल– भारतको सम्बन्ध सिमासँगमा मात्र जोडिएको छैन । नेपाल–भारत बीच परापुर्वकालदेखि धार्मिक साँस्कृतिक र परम्परा रितिरिवाजसँग पनि उतिकै गहिरो र भावनात्मक सम्बन्ध रहेको छ भने कुरा मंगलवार नेपाल र भारतका सिमा सुरक्षामा खटेका सुरक्षाकर्मीहरुको संयुक्त टोलीले धनुषाको खजुरीस्थित दशगजामा मनाएको होली कार्यक्रम लिन सकिन्छ ।
नेपालका पहाडी क्षेत्रसहित अन्य स्थानहरुमा आईतवार र सोमवार नै होली पर्व मनाईएपनि जनकपुरधाममा १५ दिने परिक्रममा सम्पन्न भएको भोली पल्ट मात्रै होली पर्व मनाउने परम्परा अनुसार मंगलवार नेपालका सशस्त्र प्रहरी र भारतका तर्फबाट सशस्त्र सिमा बलका जवानहरुले संयुक्त रुपमा मनाएको होली यस वर्षको विशेष होली बन्न पुगेको छ । नेपाल –भारतका सिमामा खटने सुरक्षाकर्मीहरुले संयुक्त रुपमा होलिको उत्सव मनाईरहदाँ स्थानीय जनप्रतिनिधी, नागरिक समाज लगायतले पनि होलीकै रंगमा रंगिएका थिए ।


होली कार्यक्रममा सहभागि सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी दीपेन्द्र शाहले भारतीय समकक्षीसँग होलीले नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने दावि गरे । नेपाल र भारत असल छिमेकी रहेको बताउदै उनले भने,‘ भारतसँग हाम्रो सम्बन्ध सिमाको मात्र होईन । परापुर्वकाललेखि नेपाल र भारतको बीचको धार्मिक, साँस्कृति र रोटीबेटीको सम्बन्ध हो । त्यसकारण यस्ता कार्यक्रमले हाम्रो सम्बन्धलाई थप प्रागाढ बनाउन मद्दत पुग्छ ।’
यस्ता कार्यक्रमले सिमा क्षेत्रको हुने अपराध न्युनिकरणमा टेवा पुग्ने समेत उनले बताए । होलीको महत्व प्रकाश पार्दै डिआईजी शाहले संगठनका तल्लो दर्जाका कर्मचारि लामो समय सम्म परिवारबाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारिहरुलाई हौसला प्रदान गर्न समेत होली कार्यक्रममा सहभागि भएको बताए ।
भारतिय समकक्षी एस एस वि का कमाण्डेन्ट गोविन्द भण्डारीले होली कार्यक्रममा सहभागि गराएकोमा नेपाल सशस्त्र प्रहरीलाई विशेष धन्यवाद दिदै सिमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुवै पक्ष बीच सहकार्य आवश्यक रहेको बताए ।


कार्यक्रमको महत्व दर्शाउदै सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले देश र जनताको हितमा काम गर्न स्थानीय र समकक्षी संग सहकार्य गर्न प्रेणा मिलेको बताए । दशजगामा पहिलो पटक यस्तो होली कार्यक्रम भएको र सिमा सुरक्षामा सरोकार राख्ने सम्पुर्ण पक्षलाई एउटै स्थानमा भेला हुदाँ सिमावर्ति क्षेत्रमा सामाजिक सद्भावकायम राख्न तथा संस्कृतिको संरक्षणमा योगदान पुग्ने स्थानीयको भनाई थियो ।

सम्बन्धित खबर