LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले १५ महिनाको कार्यकालमा ११ पटक आफ्ना मन्त्रिपरिषद विस्तार गरेका छन् ।
केन्द्रमा हुने सत्ता गठबन्धन फेरबदलका कारण मधेश प्रदेशमा पनि पटक पटक सत्ता समिकरण फेरिदै आएको छ । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवि भण्डारीले बिहिवार मधेश प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्रीलाई सपथ गराएकी हुन् ।
मन्त्री हुनेमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली रहेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १(२)बाट निर्वाचित साहलाई तत्काल बिनाबिभाग्यि मन्त्री बनाईएको छ भने रौैतहट ४ (१)बाट निर्वाचित भट्टराईलाई उद्योग वाण्ज्यि तथा पर्यटन मन्त्री बनाईएको छ । माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिइएको छ ।
त्यसैगरि, सर्लाही १(२) बाट निर्वाचित लुगेंलीपनि अहिले बिना बिभागिय मन्त्रीको रुपमा सपथ लिएका हुन् । नेकपा एसका एक सासदले लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको बताए ।
त्यसैगरि, नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको रुपमा शपथ लिएकी छन् । मुख्यमन्त्री यादवले अहिले आफुसँग श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय राखेका छन् । गत बैशाख ४ गते लोकतान्त्रिक पार्टीका रमेश प्रसाद कुर्मीले वन तथा वातावरण मन्त्रीबाट राजिनामा दिएका थिए । आज भएको मन्त्रीपरिषद विस्तारसँगै अव मधेश प्रदेशमा मन्त्री १२ र राज्यमन्त्रीको संख्या ३ पुगेको छ ।

सम्बन्धित खबर