LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । नेपाल संघयि समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई भेट गरेर जनभावना अनुसार काम गर्न सुझाएका छन् ।
प्रदेश सरकारले कामकारर्वाही प्रभावकारी हुन नसकेका कारण सबभन्दा संघीयताको उद्गम स्थल मधेश प्रदेशका संघीयता विरोध तत्वहरु सक्रिय रहेको भन्दै अध्यक्ष अन्सारीले संघीयता र संविधानको संरक्षण गर्दै विकास निर्माणको कामलाई गति दिन मुख्यमन्त्री यादवसँग आग्रहा समेत गरे ।
बिहिवार विहान मुख्यमन्त्री निवासमा भएको भेटघाटमा अध्यक्ष अन्सारीले भने,‘ संघीयताको लागि पटक मधेश आन्दोलन भएको छ, संघीयताकै लागि कयौ मधेशका बेटाले शहादत दिएका छ, मधेश आन्दोलनको जगमा निर्माण भएको यो सरकारलाई संघियता व्यवस्थाको संरक्षण गर्नु पहिलो कर्तव्य हो । त्यसकारण संघीयताप्रति फैलिएको वितृष्णालाई चिर्ने गरि प्रदेश सरकारलाई काम गर्नुको विकल्प छैन ।’
मुलुकमा संघीयता विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनले भने,‘ हाम्रो पार्टी संघीयता पक्षधर पार्टी हो । त्यसकारण बिना शर्त प्रदेश सरकारलाई विश्वासको मत दिदै आएको छु । त्यो विश्वासको वातावरण कायम राख्न प्रदेश सरकारको दायित्व हो ।’


समाजमा पछाडि परेका वर्ग, दलित, मुस्लिम,आदीवासी जनजातीसहितलाई आर्थिक समाजिक, शैक्षिक सुधारको क्षेत्रका काम गर्न उनले मुख्यमन्त्रीसँग अनुरोध गरे । सँगै लामो समयदेखि प्रदेश सभामा रहेको मदर्शा शिक्षा विद्येयकलाई पास गराई मदर्शाहरुलाई राज्यको मुलधारको शिक्षामा सामेल गराउनुपर्ने उनले मुख्यमन्त्रीसँग माग समेत गरे ।

 

 

 

सम्बन्धित खबर