LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बिना विभागिय तथा माओवादी केन्द्रका नेता भरत प्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएका छन् ।
६ बैशाखमै बिना विभागिय मन्त्रीको रुपमा सपथ लिएका मन्त्री साहलाई आईतवार मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री यादवको सिफारिसमा मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले मन्त्री साहको जिम्मेवारी तोकेका हुन् ।

अर्थ मन्त्रालय पाउँनुपर्ने अडानमा रहेका मन्त्री साहले मुख्यमन्त्री यादवले एकलौटी रुपमा मन्त्रालयको जिम्मेवारी तोकिएकोमा आपति जनाएका छन् । सत्ता गठबन्धन दल बीच भएको सहमति विपरित मुख्यमन्त्री यादवले आफुखुसी मन्त्रालय तोकिएको भन्दै मन्त्री साहले उक्त जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।
शक्ति संतुलनको हिसाबले आफुहरुले अर्थ मन्त्रालय पाउनुपर्ने उल्लेख गर्दै मन्त्री साहले भने,‘ मुख्यमन्त्री ज्युले सहमति विपरित जिम्मेवारी तोक्नु भएको छ । तत्काल बिना कुनै सहमति म त्यो जिम्मेवारी लिदिनन् ।’ चौथो पटक मुख्यमन्त्री यादवले गत ४ बैशाखमा विश्वासको मत लिनु अघि शक्ति संतुल्नको हिसाबले मन्त्रालयको बाँडफाँड हुने भनेर मुख्यमन्त्री यादवले सम्झदारी गरेको मन्त्री साहको भनाई छ ।

माओवादीको लुम्बनी प्रदेशमा तीन वटा सिट हुदाँ दुई मन्त्रालय चाहिन्छ, मन्त्री साहले भने,‘ हामी त मधेशका सत्ता गठबन्धनका तेस्रो दल हो । तरपनि मुख्यमन्त्री सहमति अनुसारको मन्त्रालय दिन अनाकारी गरिरहेका छन् ।’
यता, मुख्यमन्त्री यादवले माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिने जस्तो कुनै सहमति नभएको दावि गरेका छन् ।

माओवादीसँग त्यस्तो कुनै सहमति भएको छैन,मुख्यमन्त्री यादवले भने,‘ उहाँलाई अर्थ मन्त्रालय नै चाहिन्छ भने उक्त विषयमा गठबन्धनका शिर्ष नेताहरुले नै निर्णय गर्ने हो, म केहि गर्न सकिनन् ।’ मुख्यमन्त्री यादवले माओवादी केन्द्रलाई सहमति भन्दा थप एक बढी मन्त्रालय दिएको दावि गरे ।

 

सम्बन्धित खबर