LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । नेकपा एमाले र माओवादी केन्द्रले सर्थन फिर्ता लिएपछि अल्पमतमा परेको जनता समाजवादी पार्टी(जसपा) नेपाल नेतृत्वका मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले समय अगावै विश्वासको मत लिने जनाएको छ ।

विहिबार बसेको जसपा नेपालको मधेश प्रदेशको संसदीय दलको बैठकमा सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने प्रवधान रहेकोले सो अगावै विश्वासको मत लिने निर्णय गरेको छ । एमाले र माओवादीले गत २७ बैशाखमा समर्थन फिर्ता लिएका थिए ।

अवैधानिक रुपमा फार्टी फुटाएको र सो विषय सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय माथि उठाएको प्रश्नले सकरात्मक सन्देश प्रभाव भएको बैठकले निष्कर्ष निकालेको छ ।

त्यसैगरि, मधेश प्रदेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय हुने, र अगामी जेष्ठ २८ देखि ३० सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैले सहयोग तथा प्रदेश सरकारको अगामी आर्थिक वर्षको निती तथा कार्यक्रममा कस्ता योजनाहरु समावेश गर्ने त्यस वारे संसदीय दलका लिखित सुझाव दिने निर्णय भएको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए ।

संसदीय दलको बैठकमा पुर्व मुख्यमन्त्री लालबाबु राउत वाहेक सबै सांसद सहभागि भएको उनले बताए । राउत पार्टीकै काम विशेषले जनकपुर वाहिर रहेकोले सहभागि हुन नसकेको उनको भनाई थियो ।

सम्बन्धित खबर