LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । नागरिकता सम्बन्धी मुद्दामा मंगलवार पक्राउ गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज विहान जनकपुरधाम ल्याइएको छ ।
मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले रातारात जनकपुरधाम ल्याएको हो ।
अपराध अनुसन्धान कार्यालय काठमाण्डौको गाडीमा अध्यक्ष सिरोहियालाई प्रहरीले जनकपुरधाम ल्याएको हो । प्रहरीले ब्यान लिएर जिल्ला सरकार वकिल कार्यालय धनुषा मार्फत जिल्ला अदालत धनुषामा हाजिर गराउने तयारी भईरहेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

सोरोहिया विरुद्ध किटानी जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ पुर्जि जारि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
सिरोहियाको नागरिकतामा उल्लेखित नम्बर अर्कै व्यक्तिको नागरिकता नम्बरसँग मिलेपछि सर्लाहीका इन्द्रजीत प्रसाद महतेले गत १६ बैशाखमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको थियो ।

सिरोहियासँग भएको नागरिकताको नम्बर धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ । शिवजी र सिरोहिया दुवैको नागरिकता नम्बर एकै रहेको विवरण मतदाता नामावलीमा पनि उल्लेख भएको पाइएको छ ।
यता, सिरोहियाले गृहमन्त्री रविलामिछानेसँग जोडिएको सहकारी संस्थाको समाचार नियमित प्रकाशित गरेपछि त्यसोको प्रतिशोधमा आफुविरुद्ध षडयन्त्र भएको आरोप लगाएका छन् ।

 

 

सम्बन्धित खबर