LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । नागरिकता प्रकरण्मा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समुहका अध्यक्ष कैलास प्रसाद सिरोहियालाई प्रहरी हाजरी जामानीमा छोडेको छ ।
प्रहरी हिरासतमै रहेको वेला स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार जनकपुरबाट हेलिकोप्टरमा उपचारको लागि काठमाण्डौको मेडासिटी हस्पिटलमा भर्ना रहेका सिरोहियालाई धनुषा प्रहरीले छोडन अनुमति दिएपछि ललितपुर प्रहरी जामानीमा छोडेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाको अनुमति लिएर धनुषा प्रहरीले सिरोहियालाई जमानी छोडन ललितपुर प्रहरीलाई आज बुधवार परिपत्र गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जन आवाका अनुसार सिरोहियाका जेठो छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानमा आवश्यक परेको वेला हाजिर गराउने शर्तमा छोडिएको हो । अध्यक्ष सिरोहियालाई फौजदारी कार्यविधि संहिताको दाफा १५ को उपदाफा १ बमजोजिम छोडिएको उनले बताए ।

गत ९ जेठमा अध्यक्ष सिरोहियालाई प्रहरी कान्तिपुरको केन्द्रिय कार्यालयबाट नागरिकता प्रकरणमा पक्राउ गरि बुधवार विहान जनकपुरधाम ल्याएको थियो । गत बुधबार नै सिरोहियालाई जिल्ला अदालत धनुषामा हाजिर गराएका थिए । १० जेठमा भएको पहिलो पेशीमा सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको थियो ।

त्यसपछि शुक्रवार भएको दोस्रो पेशीमा पनि सिरोहियालाई थप दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो । सोही दिन साँझ प्रहरी हिरासतमा रहेका सिरोहिया बेहोस भएपछि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरकै काव्य अस्पतालमा भर्ना गरिएको थियो ।

गत सोमवार तेस्रो पटक भएको पेशीमा पनि सिरोहियालाई अदालतले थप तीन दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको थियो । सोमवारको पेशीमा सिरोहियालाई एम्बुलेन्सकै अदालत ल्याएको थियो ।

प्रहरी निगरानिमै उपचार गराई रहेका सिरोहियाको स्वास्थ्य थप समस्या भएपछि मंगलवार हेलिकोप्टर मार्फत काठमाण्डौ लगेर मेडासिटि अस्पतालमा भर्ना गरिएको थियो ।

 

सम्बन्धित खबर