LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । श्रमिक र रोजगारदातालाई जोड्ने उदेश्यले मधेश प्रदेशसहित ७ वटै प्रदेशमा “श्रमाधान रोजगार मेला”को आयोजना हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरुको सहयोगमा उक्त मेलाको आयोजना गरिएको हो । कोशि प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आजै “श्रमाधान रोजगार मेला”को उद्धघान गरि मेलाको औपचारिक रुपमा सुरुवात गरेका हुन् । कोशि प्रदेशबाट सुरु गरिएको मेला मधेश प्रदेशको जनकपुरधाममा भने १९ र २० जेठमा आयोजना गरिने आयोजक समितिले जनाएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाईमा श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, वीरगंज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका र चन्दपुर नगरपालिकाले संयुक्त रूपमा मधेश प्रदेशमा उक्त मेलाको आयोजना गरेको छ । मधेशमा हुने मेलाको सहआयोजकमा नेपाल उद्योग परिसंघ रहेको छ । जनकपुरधाममा दुई दिन चल्ने मेलाको उद्घाटन श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नेछन् ।

नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला सातै प्रदेशमा “श्रमाधान रोजगार मेला” आयोजना गरिएको मेला आयोजक समितिले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपेन्द्र पौडेलले जानकारी दिए ।
त्यस्तै, मेलाले रोजगार खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सिर्जना गर्ने उनले दावि गरे । मधेशमा आयोजना हुने मेलाबाट कम्तिमा २ सय युवाले रोजगार पाउने दावि गरे ।
‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’ उनले भने ‘मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने छ ।’
श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताए । यो मेलामा सहभागिताका लागि ३५ स्टल राख्ने र ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी गराए ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड तथा निजी क्षेत्रका सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायत सरोकारवालाको स्टल रहने बताईएको छ ।

सम्बन्धित खबर