LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । जिल्ला अदालतले दुई वर्षकौ कैद सजाय तोकेको धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप कुमार यादवलाई प्रहरी फक्राउ गर्न अनाकानी गरिरहेको छ ।

लेनदेन मुद्दामा दोषी ठहर भएका वडाध्यक्ष यादवलाई जिल्ला अदालत धनुषाले गत माघ १२ गते नै वडाध्यक्ष यादवलाई दुई वर्षको कैदको सजाय सुनाएको थियो । तर अदालतको आदेश आएको ४ महिना भन्दा बढी समय भईसक्दा पनि धनुषा प्रहरीले पक्राउ वडाध्यक्ष यादवलाई गरिरहेको पीडित पक्षले आरोप लगाएको छ ।

लक्ष्मीनिया गाउँपालिका–१ बस्ने असिरुल साफीले वडाध्यक्ष यादव विरुद्ध लेनदेन मुद्दा जिल्ला अदालत धनुषामा दर्ता गराएका थिए । वडाध्यक्ष यादवलाई पक्राउ गरि वादीको बिगो वपात दुई वर्ष कैदमा राख्न अदालतले गत १६ माघमै जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्रचार समेत गरेको थियो । तर धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले वडाध्यक्ष यादवलाई पक्राउ नगरि उल्टै संरक्षण गरिरहेको पीडितको आरोप छ ।

वडाध्यक्ष यादवले घरमै रहेपनि प्रहरीले उनलाई पक्राउ गर्न नचाहेको वादी साफीले बताए । नेकपा एमालेबाट वडाध्यक्षा निवाचिर्त यादवलाई राजनीतिक दवावका कारण प्रहरीले पक्राउ नगरि राज्यको कानुनी व्यवस्था खिल्ली उडाएको उनको भनाई छ ।

 

सम्बन्धित खबर