LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले एकैचोटी सबै राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेर मुलुकको अन्तर्राष्ट्रिय कुटनीति विपरित काम गरेको आरोप लगाएका छन् ।

पार्टीको महाधिवेशन तयारी वारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सबै देशको राजदुतलाई एकचोटी फिर्ता बोलाएर लाज्जस्पद विषय रहेको टिपण्णी गरे । भोली आईतवार प्रधानमन्त्री भारत भ्रमणमा गईरहेको छ, उनले भने,‘ तर जानु भन्दा एक दिन अगाडी त्यहाँको राजदुतलाई फिर्ता बोलाईयो । यो अन्तर्राष्ट्रिय कुटनीतिक विपरितको कार्य हो ।’

संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको भन्दै उनले भने,‘ मानव विकास सुचकांक, शिक्षा, स्वास्थ्यमा कमजोर रहेको तथा उच्च जनसंख्यामा रहेको मधेश प्रदेशमा सरकारले सबभन्दा कम वजेट विनियोजन गरेको छ । यसले शासक वर्गले मधेश प्रति कति पुर्वाग्रही भने प्रष्ट हुन्छ ।’
जनकपुरधाममा २८ गतेदेखि ३० जेठसम्म आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भईसकेको उनले बताए । एकताको प्रथम राष्ट्रिय महाधिवेशन भव्य सम्पन्न हुने उनले बताए ।

महाधिवेशनको उद्घाटन समारोहमा भारतीय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसिया लगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरु सहभागि हुने उनले बताए ।
आफ्नो पाटी नफुटेको दावि गर्दै अध्यक्ष यादवले भने,‘ पार्टी फुटेको होईन, केहि अवसरवादीहरु सत्ता र पैसाको लोभमा पार्टीबाट अगल भएका हुन् ।’ ९९ प्रतिशत क्रियाशिल सदस्य र दुई तिहाई कार्यकारिणी समिति सदस्य आफुहरुसँगै रहेको उनले दावि गरे । एकताको महाधिवेशनसँगै जसपा नेपाल अझ सुदृढ भएर अघि बढ्ने उनले बताए ।

मधेश प्रदेश सरकारको विषयमा संचारकर्मीले लागेको जिज्ञसामा उनले भने,‘ लोकतन्त्रणमा संधै एउटै पार्टीको सरकार हुदैन । नेतृत्व परिवर्तन हुनु लोकतन्त्रको लागि राम्रो पक्ष हो । हाम्रो पार्टी नेतृत्वको सरकारले ले मधेश प्रदेशमा विकासका केहि काम गरेका छन, अव काम अरु पार्टीको सरकारले गर्ने हो ।’

जनताले चाहेको खण्डमा पुनः आफ्नो पार्टीको नेतृत्वको सरकार बन्ने उनले बताए ।
महाधिवेशनबाट पार्टी अध्यक्ष, एक सहअध्यक्ष, उपाध्यक्ष ३, महासचिव एक, सहमहासचिव १, सचिव ७, कोषध्यक्षसहित १५१ जना सदस्य निर्वाचनबाट छनौट हुने छ ।

सम्बन्धित खबर