LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । मधेश प्रदेशकी गृह संचार तथा कानुन मन्त्री बिमला अन्सारीलाई गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ ।
सर्लाहीको बस्तपुरमा मरकज फातिमा आल जाहरा लिल्बनात र नेशनल एकेडमी बोर्डिङ स्कुल बस्तपुरले बुधवार संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि गृह मन्त्री अन्सारीलाई भव्य स्वागत तथा सम्मान गरेका छन् ।

कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले समाजिक एकता आपसी भाईचाराले मात्र प्रदेश र देशको विकास हुने बताए । आर्थिक, समाजिक र शैक्षिक रुपममा पछाडि परेको मुस्लिम, दलित जनजातीलाई अगाडी बढाउन शिक्षामा जोड दिनुपर्ने अध्यक्ष अन्सारीले  समाजमा पछाडि परेका वा पारिका वर्गले आफ्ना उत्थानको लागि संगठित हुनुको विकल्प नरहेको बताए ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अन्सारीले प्रदेश र जनताको हितमा आफुले इमन्दारीपुर्वक काम गर्ने बताईन । प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएपनि संघीय सरकारले अहिले सम्म प्रहरी समायोजन प्रक्रिया समेत सुरु नगरेको बताईन ।


मुस्लिम बोर्ड नेपालका अध्यक्ष डा .मोबाश्शिर हसनको विशेष पहलमा भएको कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर जोगनारायण यादव, समाजसेवी मोहम्मद आलम अन्सारी लगायतले मन्तव राखेका थिए ।

कार्यक्रमको सुरुवात हाफिज कारी मौलाना मुहम्मद जफिरुल हसन मिस्बाहीको पवित्र कुरान वाचनबाट भएको थियो । त्यसपछि रुकिया बिन्त हसिब आलम र सईदा अशरफले हम्द र नात गाए र गुल्फान बिन्त लाल मुहम्मदले राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मौलाना फूल मुहम्मद कादरी, मौलाना जमिरुद्दीन अमजादी सचिव मुस्लिम बोर्ड नेपाल, मौलाना नौशाद जियाई कोषाध्यक्ष साउदी इकाई, मौलाना अशरफ रजा कादरी, मौलाना अश्फाक अहमदसहित स्थानीयवासीको उल्लेखनिय संख्यामा सहभागिता रहेको थियो ।

अन्तमा कार्यक्रमका अध्यक्ष तथा राजनीतिकर्मी नेता मौलाना दिल मुहम्मद अन्सारीको धन्यवाद मन्तव्यका साथ कार्यक्रमको समापन भएको थियो ।

 

सम्बन्धित खबर