LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषा जिल्लालाई पुर्ण खोप सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गरिएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले बिहिवार आयोजना गरेको एक कार्यक्रम बीच धनुषालाई पुर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । धनुषा घोषणासँगै मधेश प्रदेशमा पुर्ण खोप सुनिश्चितता भएको जिल्लाको संख्या ६ पुगेको छ ।

यस अघि नै सप्तरी, सिरहा, सर्लाही, वारा र पर्सा पुर्ण खोप सुनिश्चतता भएको जिल्ला घोषणा भईसकेको छ । बाँकी रहेको महोत्तरी र रौतहट पनि दुई दिन भित्रै पुर्ण खोप सुनिश्चतता भएको जिल्लाको रुपमा घोषणा गर्ने तयारी भईरहेको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा सहभागि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंखया राज्यमन्त्री केशव रायले खोप लिने उमेर समुहका बालबालिकाहरूलाई रोगसँग लड्नका लागि समयमा खोप लगाउन आवश्यक रहेको बताए । पुर्ण खोप सुनिश्चितता घोषणा भएपछि त्यसलाई व्यवहारमा लागु गर्न कर्मचारीको भुमिका महत्वपुर्ण हुने उनले बताए ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीव झाले मधेशमा सुगम भुभाग भएपनि विभिन्न कारणले पुर्ण खोप सुनिश्चितता घोषणा हुन ढिलाई भएको बताए ।

राष्ट्रिय खोप समितिका सदस्य डा.हुकुमदेव साहले पुर्ण खोप सुनिश्चितता जिल्ला भएसँगै यसलाई निरन्तरता दिनका लागि नयाँ जन्म लिने कुनै बालबालिकाहरू खोप लिनबाट बञ्चित नहोस् भन्नेतर्फ ध्यान दिन स्वास्थ्यकर्मीहरुसँग आग्रहा गरे ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवले धनुषा जिल्लाका खोप लिने उमेर समुहका सबै बालबालिका पूर्ण खोप लिएपछि जिल्लालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिको बताए ।

सम्बन्धित खबर