LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रीएसन नेपालका प्रतिनिधिबिच मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने संबन्धमा गम्भीर छलफल भएको छ । सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा दिपक्षिय छलफल भएको हो ।

मुख्यमन्त्री सिंहले क्रीएसन नेपालले अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशको लागि अत्यन्त आबश्यक रहएको बताउँदै प्रदेश सरकारको तर्फबाट पुर्णसहयोग गर्ने बताए ।

मधेश योजना आयोगका उपाध्यक्ष डा। सोहन साहले क्रीएसन नेपालले अगाडि सारेका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन, प्लास्टिकजनन्य फोहोरमैला ब्यबस्थापन, पर्यटन बिस्तार, मधेश लगानी सम्मेलन लगायतका तत्काल परिणाम दिन सक्ने परियोजना बारे गम्भीर छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

क्रीएसन नेपालको सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलिले परियोजना बारे बिस्तृत प्रस्तुतीकरण गरेका थिए ।

सचिव कोइरालाले मधेश सरकारसंग दिगो सहकार्य गरि परिणाम ल्याउनका लागि क्रीएसन नेपाल नेतृत्व लिन तयार रहेको बताइन ।

छलफलमा क्रीएसन नेपालद्वारा संचालित ग्रीनशिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी थिए ।

सम्बन्धित खबर