LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाका कलिम खानककी १० वर्षीया छोरी अजमेरी खातुन, हलिम खानकी ११ वर्षीया छोरी जिनत खातुन र अब्दुल खानकी ११ वर्षीया छोरी मुस्कान खातुन छन् ।

उनीहरु नुहानको लागि ११ बजे नै घरभन्दा केहि दुरीमा रहेको कलमा गएका थिए ।कलमा नुहाई धुवाई गरेपछि कल नजिकै रहेको घोघाउन पोखरीमा हाम फालेका थिए । धनौजि गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार पोखरीमा हाम फाले पछि पानीमै गोतिए ।

पोखरीको छेउमै रहेको बाटो भएर जादै गएका एक व्यक्तिले बालिकाहरु डुब्यो भनेर हल्ला गरेपछि स्थानीयहरुले उनीहरुलाई पानीबाट बाहिर निकालेका थिए ।

पोखरीबाट निकाले लगतै उनीहरुको अवस्था गम्भिर भएका थिए । पछि उपचारको लागि जनकपुर ल्याउदै गर्दा बाटोमा एक अजमेरीको मृत्यु भई सकेको थियो भने बाँकी दुई जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मृतक तीनै जनाको शव पोस्टमाटको पश्चात परिवारजनको जिम्मा लगाउने उनले बताए ।

सम्बन्धित खबर